बिरगंज , साउन ४
नेपाल सरकारले शुल्क लिएर पिसिआर परिक्षण गर्ने निर्णय को विरोधमा नेपाली कांग्रेस पर्साले विरोध प्रर्दशन गरेको थियो ।
सरकारको निर्णय फिर्ताको मांग गर्दै नेपाली कांग्रेस पर्साले आइतबार वीरगञ्ज स्थित नारायणी अस्पताल अगाडी प्लेकार्ड सहित सरकारको उक्त निर्णयको विरोध गरेका थिए ।
नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीले कोरोना भाईरस महामारीका कारण आर्थिक संकटमा परेका आम नागरिकको पिसिआर परिक्षणका लागी ५ हजार ५ सय रूपैया शुल्क लगाएर सरकारले जनतालाई थप पिडा दिन खोजिएको आरोप लगाए ।
नारायणी अस्पतालको लागि बीरगंज वासीहरुले चन्दा संकलन गरेर पिसिआर मेसिन खरिद गरेका हुन । त्यसकारण निशुल्क परिक्षण हुनु पर्ने समेत बताए।
विरोध कार्यक्रममा प्रदेश सभासदस्य ओमप्रकाश शर्मा, बिरगंज महानगर पालिकाका उपमेयर शान्ती कार्की , जिल्ला सचिव श्याम पटेल , कोषाध्यक्ष इम्तियाज आलम , क्षेत्रीय सभापति बिजय सराफ, नगर सभापति भोला गुप्ता, दिना गुप्ता , प्रकाश उपाध्याय , अरविन्द गुप्ता, ललन द्विवेदी,रोशन लामिछाने , रुपा श्रेष्ठ , सुशील खेतान, सुधीर पटेल, बिकेस पटेल, बिवेक कलवार, हुकुम सिंह,बद्री तिवारी लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियोे ।