कपिलवस्तुमा डिजेल र मलखाद बिक्री वितरणमा अनियमितता,किसान संघको बिरोध प्रदर्शन

0
Quantam abroad studies

निरहु यादव , साउन ७
कपिलवस्तुमा किसानलाई डिजेल र मलखाद बिक्री वितरणमा अनियमितता गरि ठगी भइरहेको भन्दै आज कपिलवस्तु किसान संघले चन्द्रौटा चोकमा बिरोध प्रदर्शन गर्दै १ घण्टा पुर्ब पश्चिम राजमार्ग बन्द गरेको थियो । पेट्रोलपम्पले डिजेल नापमा बेइमानी गरि कम दिइरहेको छन भने अनियमित तरिकाले सहकारीलाई कृषि समाग्री संस्थान र साल्टट्रेनिङ कम्पनीले मल वितरण गरेको भन्दै साउन ५ गतेदेखि ईलाका प्रशासन कार्यलयमा किसान संघले ज्ञापनपत्र पनि दिएको थियो ।

सबै सहकारीलाई बराबर मात्रामा मल वितरण प्रणाली सुरु गरेपछि जुन वडामा कम सहकारी छ त्यहाँ कम मात्रामा जाने भएपछि किसान सँग नीतिगत नै विभेद भएकोले सो निर्णय सच्याउन र सरकारले पुर्ती गर्न नसकेको अवस्थामा किसानहरुले आफै जोखिम मोलेर अन्यत्र ठाउँ बाट ल्याउदा प्रहरीले विभिन्न बहानामा तस्करको नाम दिएर अवरोध गर्ने गरेकोले किसानहरुलाई अन्यत्र बाट ल्याउदा अवरोध नगर्न माग गरेको कपिलवस्तु किसान संघका अध्यक्ष अनुप कुमार चौधरीले बताएका छन ।

शुद्दोधन गाउपालिका
कपिलवस्तु साझेदारि बन ब्यवस्थापन समिती
शुद्दोधन गाउपालिका २
Leave A Reply

Your email address will not be published.