काठमाडौंमा बिहीबार ०८ गते राती करिब ८ बजेतिर २२ वर्षकी नारी माथि एसिड प्रहार भएको थियो। एसिड प्रहार गर्ने अपराधी रौतहट लक्ष्मीपु र बस्ने (मोहम्मद आलम) र भारतीय नागरिक (मुन्ना महम्मद ) हुन यि दुइजना राति ११ बजे पक्राउ परेका छन् अर्कै केटा मन पराएको भन्दै नारी माथि एसिड प्रहार गरिएको थियो । हाम्रो सरकारले एसिड प्रहार माथि यस प्रकारको नियम कानून बनाएका छन् ।
मुलुकी अपराध संहिता २०७४ मा Acid attack सम्बन्धि कानूनी व्यवस्था र सजाय :
दफा (१९३.) तेजाब वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरुप पार्न नहुने:
कसैले कसैलाई तेजाब वा यस्तै प्रकारका अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी वा छर्किई वा त्यस्तो पदार्थले पोली , डामी , दली , घसी जिउमा पीडा गराउने वा अनुहार वा शरीरको कुनै अङ्ग कुरुप पार्ने काम गर्नु वा गराउनु हुँदैन ।
उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई कसूरको प्रकृति हेरी अनुहार कुरुप पारेमा पाँच वर्ष देखि आठ वर्ष सम्म कैद र एक लाख रुपैयाँ देखि पाँच लाख रुपैयाँसम्म जरिबाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पुरयाएमा तीन वर्ष देखि पाँच वर्ष सम्म कैद र पचास हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिबाना हुनेछ ।
उपदफा (२) बमोजिम जरिबाना बापत प्राप्त पूरै रकम पीडितलाई क्षतिपूर्ति बापत दिनु पर्नेछ ।
उमेर हिसाबको कैद र पैसा जरिवाना गर्दै मा यस समाज बाट यस्तो जघनिय अपराध कदापि सकेर जाने छैन ।
की त जस्तालाई त्यस्तै वा अरु मुलुक हरु ले एसिड प्रहार माथि बनाएको कानून हाम्रो देश मा पनि लागू गर्नु पर्दछ ।
यदि यस कानूनमा बदलाव लिएर आएनौ भने हामीले ज्यान मार्ने मुद्दामा पनि हेर्या छौ कि अपराधीहरुले राजनीतिक वा नाता हरु को पहुच र मदत बाट छुट्ने गर्या छन् ।
हाम्रो देश नेपालमा एसिड प्रहार मात्र हैन महिला माथि हुने बलत्कार , किडन्यापिङ , बेचबिखन , दाइजोका निहुमा जिउँदै जलाउने तथा घरायसी हिंसाका घटना कैयौं छन् र बढ्दै गइरहेका छन् । एसिड प्रहारका घटना समेटिएका फिल्म र एसिड प्रहारका घटनाबारे समाचारले पनि युवा उमेर समूहले प्रतिशोध लिन एसिड प्रयोग गर्ने गरेका छन् ।
एसिडको प्रहार किशोरी तथा युवतीको ज्यानलिन सक्ने हुन्छ। समयमै उपचार पाए उनीहरूले नयाँ जीवन प्राप्त त गर्छन् तर उनीहरूको शारीरिक संरचना भने पूर्ण रूपमा खराब भएर जान्छ । उनीहरूको व्यक्तिगत जीवनमा पुरै असर गर्छ । उनीहरूका कैयौं सपना नै टुटेर जान्छन्।समाजको हेर्ने नजरमा परिवर्तन आउँछ ।
एसिड आक्रमण त समाजको एक जल्दोबल्दो उदाहरण हो। समाजमा यस्ता अन्य थुप्रै उदाहरणहरू रहेका छन् । छाउपडी प्रथा , देउकी प्रथा , बाल विवाह , कुमारी प्रथा, घरायसी हि्सा , बलत्कार, हत्या, किडन्यापिङ, यौन शोषण, साइबर अपराध आदि आजको समाजका कलङ्कका अन्य उदारणहरू हुन् जस बाट हरेक नारीहरू पीडित बनिरहेका छन् । नेपालको संविधान २०७२ ले झन् सार्वभौमसत्ता नै नेपाली जनतामा सुम्पिदिए पछि ३३ प्रतिशत अधिकार महिलाका लागि कानून अनुसार नै आरक्षण गरिदिएको छ । तर केही उच्च वर्गका ,राजनीतिक पार्टी संलग्न र सहरी क्षेत्रका महिला बाहेक ग्रामीण क्षेत्रका महिलाहरूले ३३% हकको उपभोग गर्नु त कुरा छौडौं “ महिला हक ” पनि छ भनेर थाहा हुदैन।
एसिड प्रहार गरि नारीको जिन्दगी नै तहस नहस बनाउँने यस्तो जघन्य अपराध एसिड प्रहार गर्ने मोहम्मद आलम, र मुन्ना महम्मद,अपराधीलाई कडा भन्दा कडा भाटे कार्वाही हुनुपर्छ । यदि नेपालमा न्याय छ? भने जन्मकैदको सजाय दिए हुन्छ। महिला को अधिकार र स्वतन्त्रता हनन अत्याचार हिन्सा आखिर कहिले सम्म् हो मेरो सरकार न्याय_चाहियो
भन्दै सब जनता को चाहना छ ।
की त एसिड प्रहारमा कुनै एक ठोस र कडा नियमको निर्माण गर्नु समय आई साएकै छ । एसिड प्रहार को मुद्दा हाम्रो समाजमा बढी रहेको अवस्था छ र सरकारले अब के कस्तो नीति अपनाउने पर्ने यस जघन्य अपराधलाई निरन्त्रण गर्न सकिन्छ भने तिर स्वाभाविक समय आई सकेको छ।
मोहमद साबिर मन्सुर
कलैया , बारा
सरकारले एक दमै यस् विषयमा ध्यानाकर्षण गरोस्