सत्येन्द्र यादव , श्रावण -१६
राजविराज नगरपालिका स्थित साई कृष्ण मेडिकल कलेज मा रहेको अस्थायी आइसोलेशन सेन्टर मा चरम लापरवाही भइरहेको छ।
नेपाल सरकार द्वारा दिइएको सेवा स्रोत लाई समेत ध्यान मा नराखी नगरपालिका को प्रमुख शम्भु कुमार यादव र आइसोलेशन सेन्टर को प्रमुख डा रंजित कुमार झा समेत को चरम लापरवाहीले भइरहेको कुरा लाई सत्य तथ्य जाच गरि उपचारत ठाउँमा सफा सुधर गरि नेपाल सरकार को मापदण्ड मा रहेको सेवाहरू यथा सिघ्र लागु गर्न सामुहिक मांग सहित लापरवाही गर्ने जनप्रतिनिधि लाई रोग एन अन्तर्गत कार्बाही गर्न पिडित मुस्तकिम आलमले जानकारी गराएका छन्।
हाल ती आइसोलेशन सेन्टर भित्र एउटै कोठामा ४० भन्दा बढी कोरोना संक्रमितहरु लाई राखिएको छ , साथै बाथरुम ट्वाइलेट , वरिपरि फोहोर व्यवस्थापन नगरेर उपचार को नाममा ब्रहमलुट भइरहेको गुनासो त्यहाँ उपचारत रहेको राजविराज नगरपालिका वार्ड नम्बर तिन निवासी मोहम्मद मुस्तकीम आलमले जानकारी गराएका छन्। नेपाल सरकार को मापदण्ड मा रहेको आइसोलेशन सेन्टर मा कुनै पनि रुल फलो नभइरहेको फोटो र भिडियो लाईभ बाट जानकारी गराएका छन्। उक्त आइसोलेशन सेन्टर मा महिना दिन देखि उपचाररत कोरोना पिडितहरुको मुख बाट भिडियो मार्फत आम जनसमुदाय लाई अपिल गर्दै गुहार सहित माथिल्लो निकायको पहलक्रमीहरु लाई आफुहरु को ज्यान कोरोना भन्दा पनि आइसोलेशन सेन्टर को कारणले जोखिम मा रहेको हुनाले अनुगमन गरि व्यवस्थित गरिदिनु हुन को लागि सामुहिक विनती गरिएको छ।