

नबिन यादब , श्रावन १७
मोफसलमा रहेर नेपाली र अन्य भाषाभाषीका गीत संगीत मार्फत क्रियाशील गायक नितिन गजुरेलले आफ्नो नयाँ गीत ‘ अनुपम रंग ’ सार्वजनिक गरेका छन् । प्रेमिल शैलीको यस गीतमा गायक गजुरेलको मिठासपुर्ण गायकी सुन्न सकिन्छ । गीतका शब्द नीरभिमले लेखेका हुन् भने सुदाम थापाले गीतलाई संगीतवद्द गरेका हुन्। चन्द सिंहले गीतलाई संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा कमल सिंह र सुशिला थापाको रोमान्स देख्न सकिन्छ। बुद्ध थापाले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन् । सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडियोलाई रायन कार्कीको निर्देशनमा तयार पारिएको हो।
लामो समयदेखि गीत संगीतमा क्रियाशील गायक गजुरेलले यस अघि दिलके डायरी , आँखाले हेर्यौु , झुक्याएरै किन होलाु , आकाशका ताराु लगायत दर्जनौ गीतहरु सार्वजनिक गरिसकेका छन्। कोरना कहरबीच निकै मिहिनेतका साथ बनाईएको यस भिडियोलाई माया गरिदिन गायक गजुरेलले सम्पूर्ण दर्शक , स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन्।https://youtu.be/AWyfy48pyV8
