जनकपुरधाममा मन्त्री शैलेन्द्र प्रसाद साह द्वारा श्री सीताराम गौशालाको उदघाट्न

0
Quantam abroad studies

नबिन यादब , श्रावन १७
प्रदेश नम्बर दुई का भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय को ५० लाख रुपैया सहयोगमा बनेको श्री सीताराम गौशाला , जनकपुरधामको भवनको मन्त्री शैलेन्द्र प्रसाद साहले विधिबत उदघाट्न गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित सीताराम गौशालाको उदघाटन गर्दै मन्त्री साहले , यो गौशाला लाई प्रदेश स्तरीय बनाउन प्रदेश सरकारले सम्पूर्ण सहयोग गर्ने बताएका छन् ।

यो गौशाला गौ संरक्षणका लागी बनाइएको र यसमा सहाय र असहाय गाइहरुलाइ सेवा र सत्कार गरिने छ । यो धर्म को काम रहेको र गाई बाट धेरै फाइदा पनि हुने छ किनभने गाइ बाट उत्पादन हुने दूध , गोबर र गौत राम्रो आम्दानी को स्रोत हो। गोबर र गौत बाट अर्गानिक मल पनि उत्पादन गर्न सकिने मन्त्री साहले बताउनुभयो । मन्त्री साहले थप उदाहरण दिदै , छिमेकी देश भारतमा गोबर र गौत बाट ग्यास उत्पादन गर्दै आएको जानकारी गराउनु भयो।

sahani furniture udyog

सीताराम गौशालालाइ थोरै गाई बाट हजारौं गाइहरु राख्न सक्ने क्षमता भएको बनाउन प्रदेश सरकार अग्रसर रहेको मन्त्री साहले थप्नु भयो। यस्तै चार वटा जिल्लामा मन्त्रालयको सहयोगमा गैशाला निर्माण गरिएको छ । धनुषा , महोत्तरी , सिरहा र बिरगंजमा मन्त्रालयको सहयोगमा गौशाला निर्माण भएका हुन्।

समउदघानको अध्यक्षाता सीताराम गौशालाका अध्यक्ष निर्मल कुमार सिंघानिया र प्रमुख आतिथि प्रदेश नम्बर दुई का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह रहेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश नम्बर दुई का संसदीय दलका नेता रामसरोज यादव , प्रदेश संसद प्रमेश्वर साह , जनकपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष निर्मल कुमार चौधरी लगायतले आफ्नो धारणा राखेका थिए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.