
नबिन यादब , श्रावण २१ सप्तरी जिल्लाको राजबिराजमा आइसोलेसन व्यवस्थापनमा देखिएको कमी कमजारीको विषयमा एक हप्ता देखी चौतर्फी आलोचना हुन थालेपछि प्रदेश सरकारको ध्यानाकर्षण भएको छ ।
केहि हप्ता आगाडि आइसोलेशन सेन्टरमा चरम लापरवाही लगायतको समस्याहरू समाजिक सञ्जालमा आउने बितिकै सोहि ठाउँको स्थानिय पुर्व सिंचाई मन्त्रि उमेश यादवको नेत्रित्वमा युवा समाजसेवी बलराम यादव , बिषनु यादब , बिकी सिहं , मोहन यादव , अनवर अल्ली , सुगन सिह , राजु मंडल , सतेन्द्र यादव लागाएतको युवाले शांति पुर्ण प्रदशर्न गरि आइसोलेसन सेन्टरमा भएको लापरबाहीको बिरोध गर्दै ब्यवस्थित गर्न माग गरेका थिए ।
सोही बिषय बस्तु लिएर मंगलवार भुमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह ले साइकृष्णा अस्पताल राजविराज स्थित आइसोलेसन सेन्टरमा पुगेर त्याहाको कमि कमजोरी बारे जानकारी लिएका छन् । अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्ट डा. रञ्जित कुमार झा सहितका सम्वन्धित व्यक्तिहरु सँग भेटघाट गरी आइसोलसन तथा जिल्लामा बढ्दो कोरोना संक्रमणको अवस्थाबारे मन्त्री साहले जानकारी लिएका हुन् ।
राजविराजको आइसोलेसन व्यवस्थापनमा केही समस्या रहेको हुँदा त्यसलाई व्यवस्थित गर्न सुधार कार्यहरु भइरहेको मेडिकल सुपरिन्टेन्डेन्ट डा. झा ले मन्त्री साह लाइ जानकारी गराउनु भएको छ । “आइसोलेसनलाई व्यवस्थित गर्नु बाहेकको विकल्प नरहेको ” र ‘ संक्रमित विरामीहरुमा लक्षण पनि देखिन थालेको डा. झा ले मन्त्री साह लाइ बिरिफिङ गरेका छन् ।
आइसोलेसन अनुगमनकै क्रममा मन्त्री साह ले आइसोलेसन व्यवस्थापनमा लापरबाही नगर्न सम्बन्धित निकायका पदाधिकारीहरु लाइ निर्देशन दिएका छन् । ‘अहिले कुनै पनि किसिमको लापरबाही गर्ने बेला होइन गम्भिर भएर कार्य गर्न सबैलाई मन्त्री साहले आग्रह समेत गरेका छन् ” महामारी नियन्त्रण गर्न प्रदेश सरकारले हरेक तह बाट सहयोग गरिरहेको छ ” आवश्यकता अनुसार थप सहयोग गर्न पनि प्रतिबद्ध रहेको बताउदै मन्त्री साहले कोरोना नियन्त्रण गर्न सर्वसाधारणको सहयोग र साथको पनि आवस्यकता छ तशर्थ सरकारले कोरोना महामारी बाट बच्न सरकारले जारी गरेको मास्क लगाउने , सामाजिक दुरि कायम राख्ने जस्ता नियमको पालना गर्न अनुरोध गर्नु भएको छ।
