
रबिन्द्र यादव , साउन २१
नवलपरासी पश्चिम जिल्लाकाे दक्षिणी सिमावर्ती क्षेत्र सरावल गाउपालिका वडा न.६ बड्सारे बाट प्रहरी चौकी महेशपुरले नेपाल बाट भारत तर्फ अवैध रूपमा भित्र्याउनको लागि कहिले भारतबाट नेपाल भित्र्याउनको लागि क्याडेनियन मटर (केराउ ) साडी, लेडिज कुर्ता, जेन्स भित्री कपडा , धनियाको बिउ लगायत करिब १ लाख १ हजार ३ सय ८० मुल्य बराबरको मालसामान बुधबार नियन्त्रणमा लिएर कार्यवाही प्रक्रिया अगाडि बढाएको छ ।
उक्त नियन्त्रण गरिएको मालसामान साइकल र मोटरसाइकल मा राखेर लैजादै गर्दा प्रहरीलाई देखेपछि तस्करहरुले सामान फालेर भागेका थिए । सकृय बन्दै गएकाे सिमा प्रहरी चौकी महेशपुरको नेतृत्वमा खटिएकाे गस्तीटाेलीले साे मालसामान नियन्त्रणमा लिन सफल भएकाे थियो ।
जिल्लामा एसपी अजय केसी आएपछि तस्करहरुको रुवाबासी चलेको छ । केसी जिल्लामा अाएको ढाई महिना नपुग्दै करिब एक करोडौंको सर समान नियन्त्रणमा लिएर अावश्यक कार्यवाहीको लागि भन्सार पठाउने गरेका छन । केसीको कडा निर्देशनमा प्रहरी सक्रिय भएको बुझिएको छ । दिनहु प्रहरीले भन्सार छलि अवैध सर समान नियन्त्रणमा लिएर भन्सार पठाउदा राजस्वमा समेत वृद्धि भएको महेशपुर भन्सारका कार्यालय प्रमुख हेमचन्द्र शर्माले बताए ।
बरामद गरिएको मालसामान आवश्यक कार्यवाहीका लागी महेशपुर भन्सार कार्यालय पठाइने गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।
