नबिन यादब , साउन २२
नेकपाका युवा नेता राम प्रसाद रिजालले प्रधानमन्त्री ओली लाई अंहकार बढेको बताएका छन । पार्टी निर्णय मान्दिन अरु केही हैनन भन्नुले प्रधानमन्त्री ओली को अंहकार बढेको स्पष्ट भएको उनले बताएका हुन । दर्पण दैनिकसँग कुराकानी गर्दै नेता रिजालले ओली नसच्चीए छिट्टै पतनको रसातलमा ओली र उनको टिम भासिने दावी गरे ।
नेता रिजालले पार्टीको विधान अध्यक्ष ओलीलाई पनि लागू हुने भएकाले पार्टी विधान भन्दा बाहिर गए पार्टी कमिटीलाई बाईपास गरे पार्टीले केपी शर्मा ओली लाई प्रधानमन्त्री र अध्यक्ष दुबै बाट हटाउन सक्ने बताए । उनले भने, ‘अहिले को नेकपाको लडाई सत्य र असत्य बीचको भएकोले ओली जालझेल र असत्यको पक्षमा र प्रचण्ड र माधब नेपालहरु सत्यको पक्षमा रहेका छन ।’
प्रधानमन्त्री समेत रहेका ओलीको स्वभाव र गतिविधि महाभारतका अंहकारी पात्र दुर्योधनसँग मिलेकोले दुर्योधनको अंहकार र आतंकले ठुलो धनजनको क्षति र दुर्योधनको सर्वनाश भई कौरव कुलकै विनास भए जस्तै ओलीको अंहकारले ओलीको र उनको गुट पनि सर्वनाश हुने र पार्टी लाई पनि क्षति पुग्ने नेता रिजालले बताए । नेकपा भित्र अंहकारको हैन विधि पद्धतिको जीत हुने भन्दै नेता रिजालले समयमै कार्यशैली सच्याउन सुझाव दिए ।