जनन्यायीक व्यवस्था लागि अर्को संघर्षको तयारी र परिवर्तनकारी शक्तिहरुको एकतामा जोड शहीद, योद्धा र अपाङहरुप्रति राज्य ग्रैरजिम्मेवार भएको आरोप

रुणा मानन्धर , काठमाडौं
सामाजिक व्यवस्था परिवर्तनको लागि अर्को संघर्षको तयारीमा जुट्नुको विकल्प नरहेकोमा राजधानीमा आयोजित एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन । आज प्रेस सेन्टर नेपाल केन्द्रीय समिति द्धारा अनामनगर स्थित संवाद डबलीमा आज आयोजित ‘गणतन्त्र प्राप्तिका लागि शहीदहरुको भूमिका र राज्यको दायित्व’ विषयक छलफल कार्यक्रमका सहभागिहरुले त्यस्तो बताएका हुन ।
प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसीको समापतित्वमा सम्पन्न उक्त कार्यक्रमका अतिथि वक्ताहरुले हिजो जनन्यायीक व्यवस्था प्राप्तीका लागि आफ्नो जीवनको आहुती दिएका महान शहीद , अपाङ्ग र योद्धाहरुको सपना तत्कालिन नेतृत्वको सैद्धान्तिक विचलनसँगै ओझेलमा परेको औल्याए ।
कार्यक्रममा बोल्दै शहीद प्रतिस्थापन नेपालका पूर्व अध्यक्ष समेत रहेका वरिष्ठ अधिवक्ता एकराज भण्डारीले वास्तविक रुपमा आम नागरिकको आधारभूत समस्या हल हुने, जनन्यायीक व्यवस्था ल्याउने सपना देखेर गरिएको दशबर्ष जनयुद्धलाई नेतृत्वको गद्दारीका कारण दलाल संसदवादमा रुपान्तरण हुन पुगेको बताए ।
उनले वास्तविक गणतन्त्रको लागि गरिएको संघर्षको हत्यागर्दै सत्ताँधारीहरुले बहुलवादमा आधारीत लोकतान्त्रीक गणतन्त्र को नाम बाट जनता माथि अन्याय, अत्याचारको पुनरावृत्तिको हकर्त जारी राखेको बताए । उनले वर्तमान व्यवस्था बाट आम नागरिक आजित भैसकेको भन्दै त्यसका विरुद्ध संगठित संघर्षको अनिवार्यतामा जोड दिए ।
उनले शहीदको अपमान वर्तमान राज्यव्यवस्थाले गरेको भन्दै अर्को सघर्षको प्रकृयामा फेरी शहीदको कोटा चुक्ता गर्न परिवर्तनकारी योद्धाहरु तयार हुनुपर्ने बताए । उनले वर्तमान राज्यव्यवस्थाले दलाली, भ्रष्टहरुको सेवा गरेको समेत बताए ।
त्यस्तै उक्त कार्यक्रममा बोल्दै शहीद तथा वेपत्ता योद्धा परिवार समाजका प्रतिनिधि ज्ञानु खतिवडाले पनि वर्तमान राज्यव्यवस्थाले परिवर्तनको लागि लडेको शक्तिलाई आज अपमानीत गरेको बताए । शहीदहरुको सपनाको वर्तमान सरकारले हत्या गरेको उनले आरोप लगाए ।
उक्त कार्यक्रममा त्यस्तै क्रान्तिकारी पत्रकार संगठनका उपाध्यक्ष समेत रहेका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले कलमजीवीहरुको कलम जहिले पनि न्याय , सुसाशन र परिवर्तनका लागि चल्ने भन्दै दलाल संसदवाद अहिले सबैको मुख्य समस्या रहेको प्रष्ट पारे ।
उक्त कार्यक्रममा अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझीले सामाजिक व्यवस्था परिवर्तनको आन्दोलनमा शहीदहरुको भूमिका महत्वपूर्ण भएको औल्याउँदै पुन जनअधिकारको पक्षमा सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै कार्यक्रममा बोल्दै नेकपा ( माओवादी केन्द्र) का पोलिटव्यूरो सदस्य तथा पुर्व जनमुक्ति सेनाका जुझारु योद्धा, अरुण घिसिङले हिजो गरेको संघर्ष , दुःखको स्मरण गर्दै आज शहीदहरुको बलिदानी बाट आएको गणतन्त्रमा पनि नागरिकले न्याय पाउन नसकेको बताए । उनले वर्तमान व्यवस्थाको विकल्पका लागि युवाहरु पुनः जुट्नुपर्ने धारणा राखे ।
कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै नेकपा (माओवादी केन्द्र) का महासचिव, जनक्रान्तिका महान सहिद परिवार समाजका अध्यक्ष तथा पुर्व संसद कर्णजीत बुढाथोकीले मानवजातीको उदयदेखि नै सामाजिक विभेदको इतिहास शुरु भएको भन्दै समानताको युगमा नपुग्दासम्म त्यो त्यसैगरी चल्ने बताए ।
उनले अहिले वैज्ञानीकताको चरम दुरुपयोग गर्दै सत्तासिनहरु ले नेपाली जनता माथि चरम शोषण , अपमान र अन्याय गरिरहेको बताए । उनले अहिले पूजिवादको अन्तिम अवस्थामा पुगेको भन्दै सबैखालका विभेद, अपमानहरुका विरुद्ध पुनः अर्को संगठित संघर्ष गर्नुको विकल्प नरहेको बताए ।
उनले आफ्नो पार्टीले तत्कालिन जनयुद्धले उठान गरेका मुद्दालाइ खेरजान नदिनले प्रतिबद्धता जनाएको भन्दै केही दिनमा राज्यको अराजकता , भ्रष्टाचारी , जनतन्त्र, जन जीवीकाको समस्या बारे थप संघर्षका कार्यक्रम सार्वजनिक गर्ने तयारी रहेकोबारे समेत बताए ।
उक्त कार्यत्रममा बोल्दै महासचिव बुढाथोकी, प्रेस सेन्टरका अध्यक्ष जैसी लगायतले शहीद परिवार , योद्धाहरु लार्य अभिनन्दन समेत गरेका थिए । कार्यक्रममा बोल्दै बुढाथोकी ले निरन्त संघर्षको बाटोमा अघि बढ्नुको विकल्प नहुने बताए ।
प्रेस सेन्टर नेपाल प्रदेश तीनका अध्यक्ष सुमन वाङदेलले सञ्चालन गरेको उक्त कार्यक्रममा आफ्नो विषय वस्तुराख्दै संगठनका केन्द्रीय अध्यक्ष जैसीले न्याय, समानता, राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका सवालमा आफ्नो संगठनले सधै खवदारी गर्ने, आवाज उठाउने बताए ।
उनले महान सहीदहरुको सपना साकार पार्नको लागि आफ्नो पार्टी र संगठन जहिने पनि जनताको आन्दोलनका पक्षमा रहेको बताए । उनले वर्तमान व्यवस्था दलालीकरणमा लिप्त भएकाले त्यहाँ बाट जनताले हैरानी भोगनु परेको बताए ।
उनले गणतन्त्रको लागि लडेकाहरु अहिले सडकमा र हिजो गणतन्त्रका बिरोधीहरु सत्ताँमा रहेको तितो यथार्थ उल्लेख गर्दै वर्तमान सत्ताँलाई ढालेर मात्र जनन्यायीक व्यवस्थको स्थापना गर्न सम्भव हुने औल्याए । त्यसका लागि जुट्नु आज सबै क्रान्तिकारी , देशभक्त नागरिकको कतव्य हुने उनको भनाई थियो
उक्त कार्यक्रमा जनयुद्धका योद्धा तथा कलमजिवी पत्रकार दिपेन्द्र रावल, क्रान्तिकारी पत्रकार महासंघका उपाध्यक्ष जय दहाल, नेकपा माओवादी केन्द्रका नेताहरु मेघराज खत्री, पाशाङ मोक्तान , प्रकाश दाहाल , प्रकाश दुमीराई, कपिल सिजापति , आर्यन खड्का , लोकेन्द्र थापा लगायतको समेत आथिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रेस सेन्टर नेपालका पत्रकारहरु नेताहरु गोविन्दराज नाथ, अरुणा मानन्त्रर, शान्ति राई, प्रविन लिम्बु, रेसु राई , सन्दिप शाह लगायतको समेत सहभागिता रहेको थियो । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) र विभिन्न संघ, संगठनका नेता, कार्यकर्ताहरु समेत गरी करिब पाँच दर्जन बढीको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागिहरुले संघर्षमा मुख्य जोड दिएका थिए ।
