पुर्ब प्रधानमन्त्री भट्टराईको पुतला दहन गर्दै बिरोध प्रदर्शन

0
Quantam abroad studies

पुर्ब प्रधानमन्त्री भट्टराईको पुतला दहन गर्दै बिरोध प्रदर्शन

बारा , एस.एम.न्युज सम्बादाता
शुक्रबार नेपाल विश्व हिन्दु महासंघ बाराद्वारा जिल्लाको कलैया स्थित भरत चौकमा चर्को नाराबाजी गर्दै पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई को पुतला दहन गरिएको छ।

पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दुई दिन अगाडि ट्विट गरि हिन्दु धर्म र संस्कृतिलाई लक्षित गरि गरेको अभद्र टिप्पणी प्रति महासंघका आक्रोशित युवाहरूले चर्को नाराबाजीका साथ विरोध गर्दै भट्टराई को पुतला जलाएका छन।

sahani furniture udyog

महासंघका जिल्ला उपाध्यक्ष सन्दीप साह को नेतृत्व तथा कलैया उपमहानगरपालिका -२३ का इकाई अध्यक्ष ई. सुरेन्द्र शर्मा को अध्यक्षता सम्पन्न विरोध कार्यक्रममा आएका युवाहरूको जमातले, ( “भारु राम मुर्दाबाद , हिन्दु एकता जिन्दाबाद”..) ( “हामी सम्पूर्ण हिन्दुवादीहरु के भन्छौं , बाबुराम भट्टराईलाई ठोक भन्छौं”…) ( “गल्ली-गल्लीमा हल्ला होस् , त बाबुराम कृश्चियनहरुको दल्ला होस्”…) लगायत नाराबाजी गर्दै महासंघका आक्रोशित युवाहरूले विरोध प्रदर्शन गरेका थिए।

उक्त विरोध प्रदर्शन कार्यक्रममा महासंघका वरिष्ठ सल्लाहकार बिनोद ठाकुर , राजकिशोर दास, सिकेन्द्र प्रसाद कुशवाहा, सागर गुप्ता, बाला ठाकुर, रुपेश कुशवाहा, बृजकिशोर पटेल, राजकिशोर दास, छोटेलाल प्रसाद, शिव कुमार गुप्ता, नागेन्द्र पटेल, रमेश प्रसाद साह, जङ्गिलाल साह कानु, ललन राम, प्रमोद साह, उमेश साह कानु, राम प्रसाद साह कानु, बिनय पटेल, शिवशंकर साह कानु, सुरेन्द्र पटेल, दिनेश सिंह, धिरज साह, नन्दकिशोर लगायतका आक्रोशित युवाहरूको बृहत उपस्थिति रहेको थियो।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.