शिवराजको मेयरमा राप्रपाका अजय थापा बिजयी।

0
Quantam abroad studies

कमलेश चन्द्र गुप्ता

sahani furniture udyog

बैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्तर्गत शिवराज नगरपालिकाको नतिजा सार्वजनिक भएको छ। नगरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अजय थापा मेयरमा निर्बाचित भएका छन् ।
कांग्रेस पार्टीले मेयरमा टिकट नदिए पछि पार्टीबाट विद्रोह गर्दै राप्रपा लागेका थापा अन्ततः मेयरमा निर्वाचित भए ।
नेकपा एमालेका उम्मेदवार महादेव पोखरेललाई पराजित गर्दै उनी मेयरमा निर्बाचित भएका हुन् । थापाले ७ हजार ६ सय २ मत ल्याएर निर्वाचित हुनुभएको छ।
उनका प्रतिद्वन्दी नेकपा एमालेका महादेव पोखरेल ७ हजार १ सय २८ मत प्राप्त गरेका थिए भने कांग्रेसका हुमकान्त खनाल ५ हजार ४ सय ७७ मत प्राप्त गरे।
नगरको उपमेयरमा भने शिवकुमारी थारु निर्वाचित भएकी छिन् । निवर्तमान थारु आफ्नो प्रतिस्पर्धीलाई पछि पार्दै उपमेयरमा निर्वाचित भएकी हुन् ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.