नागरिकता विधेयक प्रतिनिधिसभाबाट पुनः बहुमतले पारित, १३५ जनाले गरे पक्षमा मतदान
२ भदौ, काठमाडौं । नागरिकता विधेयक प्रतिनिधिसभाबाट पुनः बहुमतले पारित भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ ।
बिहीबार भएको मत विभाजनमा नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएकै रुप (प्रस्तुत रुप) मा पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १३५ मत परेको छ । उक्त प्रस्तावको विपक्षमा ६० मत परेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराए । मतदानका बेला १९५ जना सांसद बैठकमा उपस्थित भएका थिए ।