दलित केन्द्रद्धारा महिला दिवसको पुर्व सन्ध्यामा वक्तृत्वकला प्रतियोगिता तथा सम्मान

0
Quantam abroad studies

शत्रुघन खरविन्द , कपिलवस्तु फाल्गुन २४
दलित सामाजिक विकास केन्द्र द्धारा महिला दिवसको पुर्व सन्ध्यामा वक्तृत्वकला प्रतियोगिता तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका वडा नम्बर १ सोनवर्षमा “महिलामा लगानी ः सभ्य र समुनत समाजको थालनी” भन्ने नाराको साथ ११४ औँ अन्तराष्ट्रिय महिला दिवसको पुर्व सन्ध्यामा कार्यक्रम गरेको हो ।

वक्तृत्वकला प्रतियोगितामा दलित समाजिक विकास केन्द अयोजन र यू.एम.एन तथा अस्टे«लियान एड को आर्थिक सहयोग निर्माण गरिएका विभिन्न महिला समूह बाट १५ जना महिलाले भाग लिएका थिए । “महिलामा लगानी ः सभ्य र समुनत समाजको थालनी” भन्ने विषयमा वक्तृत्वकला प्रतियोगितामा भाग लिएका १५ जना महिला बाट यशोधरा गाउँपालिका वडा नम्बर १ कि उर्मिला रैदास प्रथम स्थान हसिल गरेकी थिइन् भने यशोधरा गाउँपालिका वडा नम्बर ३ कि किसपाती कोरी द्धितिय स्थान तथा वडा नम्बर ३ कि लक्ष्मी वढइ तृतीय र वडा नम्बर १ कि मान्ती रैदास चौथो स्थान हसिल गरेकी थिइन् । प्रथम द्धितिय, तृतीय र चौथो स्थान हसिल प्राप्त गरेकालाई पुरस्कार वितरण गरिएको थियो । त्यस्तै प्रतियोगितामा सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

संस्थाबाट निर्माण गरिएका समुहहरुमा राम्रो कार्य गर्नहरुलाई सोहि कार्यक्रम मर्फत सम्मान गरिएको थियो । राम्रो कार्य गर्नहरुलाई दोसल्ला ओढाएर दलित समाजिक विकास केन्द्र का अध्यक्ष सुरजमती पासी तथा यशोधरा गाउँपालिका वडा नम्बर १ का वा अध्यक्ष अब्दुल कय्युम खान र वडा २ का वडा अध्यक्ष मनोज कुमार चौबे ले दोसल्ल ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रम बोल्दै यशोधरा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष अध्यक्ष अब्दुल कय्युम खानले महिलाहरुको हक र अधिकार प्रति वडा प्रतिबद्ध रहेको बताउनु भएको थियो । समाजमा रहेका महिला प्रति भेदभाव को न्यूनिकरण गर्न सबै एक जुट भएर लाग्न उहाले आग्रह गर्नु भयो । कार्यक्रममा महिलाहरुको सकृय सहाभागिता ले नै महिलाहरुको हक र अधिकार को पहिलो लाडइ पर गरेको र आफ्नो हक र अधिकार माग्न सक्षम रहेको यशोधरा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष मनोज कुमार चौबले बताउनु भएको थियो । वडा बाट अगामी बजेटमा महिलाहरुको लागि विभिन्न कार्यक्रमहरु समबेश गर्ने उहाले प्रतिबद्धात व्यक्त गर्नु भयो ।

पुरुष जस्तै महिलाहरु अवसर पए भाने जे पनि गर्न सक्ने यशोधरा गाउँपालिका की पािलक अध्यक्ष गुन्जादेवी मौर्याले बताउनु भएको थियो । पालिका सधै महिलाहरुको हक र अधिकार कुरा प्रति तत्पर रहेको उहाले भनाई रहेको थियो ।
कार्यक्रम शुभकामना दिदै दलित सामाजिका विकास केन्द कि अध्याक्ष सुरजमती पासीले कार्यक्रम बाट सिकेको कुरा जीवनमा लागु गरेर अगाडि बढान सबैलाई अग्राह गर्नु भएको थियो । कार्यक्रम सफल गर्न सहयोग गर्ने सबलाई उहाले धन्यवद दिनुभयो ।

कार्यक्रममा श्री प्रगतिशील युवा क्लबले नटक प्रस्तुत गरेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष सुरजमती पासीको अध्यक्षता तथा यशोधरा गाउँपालिका पालिका उपध्याक्ष गुन्जादेवी मौर्र्या को प्रमुख अतिथतामा भएको थियो । विशिष्ट अतिथिहरुमा यशोधरा गाउँपालिका वडा नम्बर १ वडा अध्यक्ष अब्दुल कय्युम खान र वडा २ का वडा अध्यक्ष मनोज कुमार चौबे को थियो भने अतिथिहरुमा विभिन्न वडाका वडा सदस्या , विभिन्न विद्यालयका शिक्षिक तथा प्रतिनिधि , दलित समाजिक विकास केन्दका सचिव ऋाषिराम हरिजन , जीवन सुधार परियोजनका परियोजन अधिकृत रमेश प्रसाद कुर्मी लगायत रहनु भएको थियो । जीवन सुधार परियोजनका फिल्ड सुपरवाइजर प्रिती गुप्ताको संचालन तथा प्रिती हरिजनको स्वाग्त मन्तव्यमा कार्यक्रम भएको थियो । कार्यक्रम २ सय भन्दा धेरैको सहभागिता रहेको थियो ।

कार्यक्रम दलित सामाजिक विकास केन्द्र र यू.एम.एन तथा अस्टे«लियान एड को आर्थिक सहयोग संचालित जीवन सुधार परियोजनको अयोजनमा भएको थियो ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.