एसईई उर्तिण बिद्यार्थीहरुलाई बधाई तथा सम्मान

0
Quantam abroad studies

कपिलवसतु ,  अषाढ २१

एसईई उर्तिण बिद्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रम आज बलुहवामा सम्पन्न भएको छ । २०८१को कक्षा १० को परिक्षामा उर्तिण भएका मायादेबी गाउँपालिका स्थित श्री जनता माध्यमिक बिद्यालय र श्री सुभद्र जनता मा.बि का बिद्यार्थीहरु लाई एक कार्यक्रम गरी सम्मानित गरिएको छ ।

सुर्यदय युवा कल्बको आयोजना र  मायादेबी वडा नं. ५ को वडा कार्यलय बलुहवाको समन्वयमा बधाई तथा सम्मान कार्यक्रम भएको हो । सुर्यदय युवा कल्बका अध्यक्ष दुर्गेश यादवको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथीमा मायादेबी गाउँपालिका अध्यक्ष वलिउद्धिन मुसलमान रहनु भएको थियो भने अन्य अतिथीहरुमा लुम्बिनी प्रदेशका पुर्ब भौतिक तथा पुर्बाधार मन्त्री शहसराम यादव , नेकपा एकीकृत समाजवादी जिल्ला अध्यक्ष तथा युवा नेत फै्रजल खाँन , जनता मा.बि.बलुहवाका प्रधानाध्यापक राम  निवास चौहान लगायत रहनु भएको थियो । 

sahani furniture udyog

कपिलवस्तुका दक्षिणी क्षेत्र भनिने मायादेबीको श्री जनता माध्ययमिक बिद्यालयले एस बर्ष मायादेबी गाउँपालिका भित्र रहेका ८वटा माध्ययमिक बिद्यालयहरु मध्यये सर्बधिका बिद्यार्थीहरुलाई  उर्तिण गराउन सफल भएको कुरा  प्रधानाध्यापक राम निवास चौहानले बताउनु भएशको हो । उहाँले यस बर्ष  जनता मा.बि. बाट एसईई परिक्षमा १ सय ३ जना बिद्यार्थीहरु सहभागी भएका थिए  । जसमध्यये  ६६ जना बिद्यार्थी उर्तिण भएका छन् । कार्यक्रमका वक्ताहरुले बिद्यार्थीहरुलाई  शिक्षाको महतव दर्शाउदै  बधाई तथा सम्मान ब्यक्त गरेका थिए ।मायादेबी गाउँपालिका अध्यक्ष वलिउद्धिन मुसलकमानले गाउँपालिका भित्र एउटा क्याम्पस संचालन गर्ने योजनामा रहेको बताउनु भएको थियो । 

आज गरिएको कार्यक्रम बाट बिद्यार्थीहरुलााई हौसला प्रदान गर्ने र उच्च शिक्षा हासिल गर्नु पर्छ  भन्ने कुराको बिद्यार्थीहरुमा उत्प्रेरण भर्ने तथा जगाउने उद्धेश्यले गरिएको कुरा  आयोजक संस्थाका अध्यक्ष दुर्गेश यादवले बताउनु भएको हो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.