कृष्णनगरमा चुनावी भिडन्त , को बन्ला मेयर ?

0
Quantam abroad studies

निरहु यादव/कपिलवस्तु
चुनाव नजिकिदै जादा नगर प्रमुख पदको चुनावी परिणामबारे अड्कलबाजी बढ्दो छ । त्यसक्रममा चोकचौराहाका चिया पसलदेखि कृष्णनगरका धनाढ्यका गद्दीसम्म सम्भावित परिणामबारे हिसाबकिताब हुन थालेको छ ।
कृष्णनगरको मेयरमा अहिले मुख्यतः नेपाली काङ्ग्रेसका उम्मेदवार रजत प्रताप शाह, राप्रपाका दिपक रजौरिया,जसपाका अकरम पठान, स्वतन्त्र उम्मेदवार शिवप्रसाद जयसवालका छोरा महेश जयसवाल , एमालेका कुनाल प्रताप शाह र बसपाका मनोज कनोडिया चर्चामा रहेका छन ।
निवर्तमान मेयर रजत प्रताप शाह पहिलो चुनावमा स्वतन्त्र जितेका थिए भने जयसवाल दोस्रो स्थानमा थिए । नगरपालिकाकै नेता जयसवाल ग्रामीणस्तरमा निकै चर्चित थए तर एमालेबाट टिकट कुनाल प्रताप शाह पाएपछि जयसवाल ११ गते जसपामा प्रवेश गरे तर उम्मेदवारी भने अकरम पठानले दर्ता गराए पछि लोसपाबाट उम्मेदवारी दिए र उपमेयरमा पनि पुरुषको नाम दर्ता भएपछि उनको सो उम्मेदवारी पनि खारेज भयो । उम्मेदवारी दिने दिन नै उनका छोरा महेश जयसवालले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए र सोही उम्मेदवारीले लालटीन चुनाव चिन्हमा प्रचारप्रसारमा लागेका छन र उनका समर्थक पनि साथ सहयोग गर्दै गरेकोले अझैपनी उनको लोकपि्रयता कम नभएको बुझिन्छ ।काङ्ग्रेसबाट टिकट नपाएपछि मनोज कनोडिया बसपाबाट मेयरमा उम्मेदवारी दिएका हुन । दलित समुदायको भोट पाएमा कनोडिया पनि प्रतिस्पर्धामा रहने देखिन्छ ।
दिपक रजौरिया राप्रपाबाट उम्मेदवार बनेका छन । राजनीतिक तथा प्रशासनिक पकड बलियो भएको रजौरिया पनि कडा प्रतिस्पर्धामा देखिन्छन् । जसपाको तर्फ उम्मेदवार बनेका अबदुल अकरम पठान पनि प्रतिस्पर्धामा छन । वार्ड ५ बाहेकका वार्डमा जसपाले बलियो उम्मेदवार उतारेको छ भने मुस्लिम पनि अकरम तिर जाने सम्भावना देखिन्छ । त्यस्तै जाबेद खान पनि जमिन स्तरमा राम्रो पकड भएको नेता मानिन्छ उनी पनि बाजि मर्न सक्नेछन् ।
मतदाता पनि चुपचाप रहेकोले को चुनाव जित्नेछ भन्न् गाह्रो छ ।

sahani furniture udyog
Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.