पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्ध अनेरास्ववियु सिद्धार्थ क्याम्पस कमिटीद्वारा बिरोध प्रदर्शन

0
Quantam abroad studies

कपिलवस्तु , बैशाख १३
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सिद्धार्थ क्याम्पस कमिटिको आयोजनामा पेट्रोलियम पदार्थ र ग्यासको मुल्यवृद्धि विरुद्ध वृहत विरोध प्रदर्शन गरिएको छ ।

नेकपा (एमाले) को जनवर्गीय संगठन अनेरास्ववियु क्याम्पस कमिटिले पेट्रोलियम पदार्थ र ग्यासको मुल्यवृद्धि अबिलम्ब खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनमा पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिले समग्र क्षेत्रमा प्रभाव पार्ने र जनताको ढाड सेकिने भन्दै अविलम्ब मूल्यवृद्धि फिर्ता लिन प्रदर्शनमा सहभागी विद्यार्थीहरुले माग गरेका थिए ।क्याम्पस गेट अगाडिबाट सुरु गरिएको विरोध प्रदर्शन पुनः क्याम्पस गेट अगाडि गएर कोणसभामा परिणत भएको थियो ।

कोण सभामा बोल्दै प्रमुख अतिथि अनेरास्ववयिुका जिल्ला अध्यक्ष दयाराम पौडेलले आयल निगमभित्र भएका भ्रष्टाचार, चुहावट, मनलाग्दी कर्मचारी भर्ना, खरिद बिक्रीमा हुने ठूला अनियमितता र बेथितिको अन्त्य गर्दै जनतालाई सहुलियत दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउनु पर्नेमा वैकल्पिक उपायहरुको खोजी गर्ने तर्फ समेत पूर्ण उदासिन रही केबल अन्तर्राष्ट्रिय बजारको मूल्य समायोजनको हवाला दिंदै भइरहेको पटक–पटकको मूल्यवृद्धि अब किमार्थ सैह्य नरहेको बताउनुभयो । पेट्रोल ग्याँस लगायतका बस्तुमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न जोडदार माग गर्दै माग पुरा नभए विद्यार्थी मात्र नभई आम सर्वसाधारण विरोधमा उत्रीने बताउनुभयो ।त्यस्तै विशिष्ठ अतिथि अनेरास्ववियु जिल्ला उपाध्यक्ष अन्जित खनालले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिलाई सरकार नियन्त्रित आयल निगमको ‘जनविरोधी रवैया’ भन्नुभएको छ । उहाँले बहुसंख्यक जनताले निम्न आयमा गुजारा गर्नुपर्ने हाम्रो जस्तो मुलुकमा सरकार नियन्त्रित आयल निगमको जनविरोधि रवैयाले सीमा नाघेको महसुस भएको बताउनुभयो ।

sahani furniture udyog

मूल्यवृद्धिको निर्णय फिर्ता नलिए संघर्षमा जाने चेतावनी अनेरास्ववियु क्याम्पस कमिटिले दिएको छ । साथै यो चेतावनीलाई नियमित नठान्न आयल निगम, विभागीय मन्त्रालय र सरकारको ध्यानाकर्षण गराइएको छ ।क्याम्पस कमिटिका अध्यक्ष पशुपति गिरीको अध्यक्षता, स्ववियु सिद्धार्थ क्याम्पसका सचिव दिनेश चौधरीको स्वागत तथा क्याम्पस कमिटि सचिव कोपिला गिरीको सञ्चालनमा सम्पन्न विरोध प्रदर्शनमा अनेरास्ववियु जिल्ला सह–सचिव बिष्णु घिमिरे, सिद्धार्थ क्याम्पसका विद्यार्थी नेता, ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिपक बाबु केसी लगायत, अनेरास्ववियु जिल्ला कमिटि सदस्यको आतिथ्यता रहेको थियो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.