
एसएम न्युज , मंसीर २५
महाराजगन्ज नगरपालिका वडा नं. ११ मा वाड कार्यलयबाट चैते तोरीको बीउ बितरण गरिएको छ ।
महाराजगन्ज नगरपालिका वडा नं. ११ मा वडा भरीका किसानहरुलाई तोरीको बीउ बितरण गरिएको हो । सो तोरीको बिउ एक किसानलाइ ३०० सय ग्रामका दरले बितरण गरिएको वडा सचिव प्रदीप कहारले जनकारी दिनु भएको छ।


यसैगरी वडा अध्यक्ष धर्मेन्द्र कुमार पुरीले कार्तिक १५ गते ३०० के जी चैते तोरीको बीउ खरीद गरेर ल्याइएको र त्यस बीउलाइ वाड भरिका किसानहरुलाई बितरण गरिएको बताउनुभयो ।
बिउ लिन वडाका किसानहरुको वडा कार्यालयमा ठुलो चाप देखिएको थियो ।
