गौतम बुद्धको आज २५६५ बर्ष पछि चर्चा गर्दा

0
Quantam abroad studies

—लोकनारायण सुबेदी
बुद्धलाई एशियाका प्रकाश अर्थात ‘लाइट अफ एशिया’ त्यत्तिकै भनिएको छैन । आज चीन, जापान, उत्तर तथा दक्षिण कोरिया, भियतनाम, कम्बोडिया, मंगोललिया, थाइल्याण्ड , लाओस , श्रीलंक , भूटान आदि एशियाका अनेक देशहरुलाई बुद्ध उपासना गर्ने र बुद्धलाई मान्ने देशकोरुपमा गन्ती गरिन्छ मानेको देखिन्छ पनि । यद्यपि बुद्धको जन्म नेपालमा भएको हो । तथापि बुद्धले बुद्धत्व प्राप्ति र परिनिर्बाण भने भारतमा गरेका हुन् ।

भारतकै सम्राट अशोकले पहिलो पटक बुद्धको खोजी गरेको र उनले नेपालको लुम्बिनीमा अशोक स्तम्भ पनि खडा गरेको बस्तुगत तथ्यमा आधारित जीबन्त इतिहास छ । त्यतिबेला उनले लगाएको बृक्षलाई अशोका बृक्षको नामले पनि चिनिदै आएको छ । एकपछि अर्को अनेक उत्खननहरुबाट समेत बुद्ध नेपालमा जन्मेका थिए भन्ने कुरा अझ बढी सुस्पष्ट हुँदै आएको छ । आज बुद्ध परिबृत्त या सर्किट बनाउने कुरा चलिरहँदा यो बुद्ध जन्म स्थलको महत्व अझ बढ्न गएको छ । यद्यपि नेपालमा ‘माल पाएर पनि चाल नपाएको’ जस्तो गरी लामो पूासमयसम्म बुद्धलाई बिर्सिएको जस्तो स्थिति रहेको देखिन्छ । त्यसले गर्दा पनि बुद्ध जन्म अरु नै देशमा भएको भन्ने र दाबी गर्नेसम्मका भ्रमहरु प्नि फैलिने फैलाउने गरिएको छ । तर अब बिश्व सम्पदा सूचिमा बुद्धको जन्मस्थल सूचिकृत गरिसकेको हुनाले भ्रमपूर्ण र अतार्किक दाबीहरु पराजित भएर गएका छन अझ हुदै जानेछ छन्् ।

यथार्थ वास्तबिकता के हो भने बैशाख पूर्णिमाका दिन सिद्धार्थ गौतम बुद्ध नेपालको लुम्बिनी बन बाटिकामा इस्वी सन्भन्दा ६७३ बर्ष पहिला जन्मेका थिए ।  बुद्धकी  माता   मायादेबी आफ्नो माइती देबदह जाँदै गर्द कपिलबस्तु र देबदह बीचको लुम्बिनी बनमा बुद्धको जन्म भएको थियो । त्यसै बैशाख पूर्णिमाका दिन इशा पूर्ब ६२८ मा भारतको बोध गयामा एउटा पिपल बृक्ष मुनि उनले ज्ञान प्राप्त गरेकोले उनलाई बोधिसत्व पनि भनिएको अनेक  जनश्रुति र प्रमाणहरु पनि छन् । अनि बैशाख पूर्णिमाकै दिन इशा पूर्बको ४८३ बर्ष पहिला ८० बर्षको उमेरमा भारतको कुशी नगरमा उनको महापरिनिर्बाण अर्थात महाप्रस्थान भएको मान्यता छ ।

बुद्ध  सम्वन्धि   बिभिन्न बिज्ञहरुका  खोज अनुसन्धानहरुले के बताएका छन् भने दुनियाँमा सबैभन्दा बढी उपदेश र प्रबचन बुद्धले दिएका छन् । के अभिलेख रहेको बताइएको छ भने बुद्धले जति सम्झाउने बुझाउने काम गरे त्यत्तिको प्रबचन दिने काम बिश्वमा अरु कसैले कही गरेको अहिलेसम्म भेटिएको छैन ।बुद्ध बराबरको सन्देश या प्रवचन अरु कसैले दिएको पाइएको छैन । बिभिन्न ग्रन्थहरुमा उनले दिएका अनेक उपदेशहरु भरिएका छन् । अझ आश्चर्यको कुरा त के छ भने ती उनका प्रबचनहरु कुनै पनि दोहोरिएका पाइदैनन् । आफ्नो ३५ बर्षको उमेर पछि बुद्धले जीवनको प्रत्येक बिषय र धर्मका प्रत्येक रहस्यहरुका बारेमा जे जति कुरा भनेका छन् ती सबै त्रिपिटक नामको ग्रन्थमा संकलित छन् । त्रि–पिटक अर्थात तीन पिटक – बिनय पिटक, सुत्त पिटक र अभिधम्म पिटक हुन् । आजकल सुत्त पिटकको खुद्दक निकायको एउटा अंश धम्मपद बढी पढ्ने गरेको, पढ्ने प्रचलन रहेको पाइन्छ । यसका अतिरिक्त अनेक बौद्ध जातक कथाहरु पनि बिश्व प्रसिद्ध छन् । 

भनिन्छ आज जति बुद्धको बारेमा हामीलाई जानकारी छ र बिश्वमा यसको जानकारी छ त्यो बुद्धको सम्पूर्ण जानकारीको केवल २० प्रतिशत मात्र हुन्छ । किनभने जुन बौद्ध साहित्य त्रिपिटकका रुपमा थियो धेरै पहिला नष्ट भइसकेको थियो । एउटा राम्रो कुरा के रहेको थियो भने त्यो नष्ट हुनुभन्दा पहिला नै पाली भाषामा रहेको त्यो ग्रन्थको तिब्बती भाषामा उल्था भइसकेको थियो । त्यसैलाई भारतका प्रसिद्ध लेखक राहुल साँकृत्यायनले हिन्दी भाषामा अनुबाद गरेर उपलब्ध गराए । 

भनिन्छ उनले तिब्बतबाट १२ बटा खच्चडमा बोकाएर ठूलो मात्रामा बौद्ध ग्रन्थहरु नेपालको बाटो हुँदै भारत र श्रीलंकासम्म उपलब्ध गराएका थिए । यस सम्वन्धमा के पनि थप भनिन्छ भने बुद्ध बिरोधी कट्टरपन्थीहरुले भारतको प्रसिद्ध नालन्दा बौद्ध बिश्वबिद्यालयमा हमला गरेर त्यसलाई आगो लगाइदिए । तीन महिनासम्म त्यहाँका महत्वपूर्ण र अमूल्य ग्रन्थहरु जलिरहे । त्यसले गर्दा त्यहाँ रहेका बहुमूल्य ग्रन्थहरु, मूल्यबान जानकारीहरु सबै खरानीमा परिणत भए । यस्तो किन गरियो या भयो यसका बारेमा अनेक बिरोधाभाषपूर्ण कुराहरु गरिन्छ ।

त्यतिबेला बुद्धको उपदेश सुन्न समाजका असंंख्य मानिसहरु पागलजस्तै भएर उनको पछि लागेका थिए । उनले समाज र ब्यक्ति परिबर्तन तथा त्यस बलाको रुढीबादी अन्धबिश्वासी समाज र कुरीतिहरुका बिरुद्ध जे सत्य तथ्य बोलेका थिए एकथरी अभिजात बर्गीय सत्ताधीशहरु त्यसबाट कुपित थिए । किनकि बुद्ध उपदेशका पछाडि सारा मानिस लागेको तिनले देखिरहेका थिए । बुद्धले दुःख छ, दुःखको कारण छ र त्यसको निबारण पनि यही संसारमा छ भनेर प्रष्ट पारेका थिए । त्यसैले त्यो अन्तरबिरोधलाई बुझेका बुद्धको ज्ञानले एकथरी सत्ताधीशहरुलाई आफ्नो बर्चश्व गुम्ने र पर्दाफास हुने कुराको ठूलो चिन्ता थियो । त्यसैले उनीहरुले बुद्धलाई बिस्मृतिको गर्भमा धकेल्ने र उनका उपदेशहरुलाई समेत भ्रष्टीकरण गर्ने काम गरेको हुनसक्ने अनुमान गर्न सकिन्छ । फलतः त्यसको प्रभाव पनि बुद्ध जन्म थलो र बुद्ध भूमिमा पर्न गयो ।

यी सबै कुरा भए पनि बुद्धलाई एशियाको प्रकाश भनिनुका महत्वपूर्ण कारण छन् । त्यो उनको महत्वपूर्ण बिचार र शिक्षा नै हो । उनले मानिसको, समाजको दुःखको कारण र त्यसको निबारणको बारेमा बताएका छन् ।उनले गृहस्थहरुको जीवन जिउने पद्धति पनि बताएका छन् ।जसलाई पञ्चशील भन्ने गरिन्छ । बुद्ध नै बिश्वका पहिला यस प्रकारका बिचारक हुन् जसले भनेका छन् कि ‘अप्प दीपो भव’ अर्थात ‘आफ्नो प्रकाश आफै बन’ । उनले प्रष्ट भनेका छन् कि कसैका कुरा यस कारणले नमान या स्वीकार नगर कि त्यो कुरा कुनै ठूलो मान्छेले भनेको हो । कुनै पबित्र ग्रन्थमा त्यो कुरा लेखेको छ । या म बुद्ध आफैले लेखिरहेको या भनिरहेको छु । कसैले भनेका या लेखेका कुराका बारेमा स्वयं आफैले अनुभव गरेर या मूल्यांकन गरेर मात्र स्वीकार गर या मान भन्ने बुद्धको महत्वपूर्ण र सारगर्भित बस्तुबादी शिक्षा हो । बुद्धको यही ज्ञानको कारणले उनी संसारभरी जहाँसुकै प्रतिष्ठित र मान्य भए ।

आज त पञ्चशील देशहरु बीचको परस्पर सुसम्वन्ध कायै म गर्ने एउटा महत्वपूर्ण र दीघो सम्वधको आधार नै बनेको छ । यद्यपि बुद्धलाई अझ गहन र गहिराईपूर्बक बुझन् र उनका बारेमा थप खोजबिन गर्न अझै जरुरी छ ।

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

महाराजगन्ज नगरपालिका , कपिलवस्तु

वडा नं. २ को कार्यालय

वडा नं. २ को कार्यालय

महराजगन्ज नगरपालिका ..
Leave A Reply

Your email address will not be published.